सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मेयर साम्पाङले दुबै मन्त्रीलाई तत्काल राजीनामा दिएर ‘बदनामीबाट बच्न’ आग्रह गरेका हुन्।
उनले लेखेका छन् —“तत्काल राजिनामा दिएर बदमानीदेखि बचून् महावीर र कुलमान!”
साम्पाङले सोही सन्देशपछि काठमाडौंमा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालको तत्काल रिहाइको माग पनि गरेका छन्। उनले हालको सरकारमाथि तीव्र असन्तोष व्यक्त गर्दै ‘वैधताविहीन र विदेशी दलाल सरकार’ भएको आरोप समेत लगाएका छन्।
मेयर साम्पाङ पछिल्लो समय सामाजिक सञ्जालमार्फत केन्द्रीय सरकारका निर्णय र नीतिहरूप्रति खुलेर आलोचना गर्दै आएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा