सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डर’ भन्दै सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड सुरु गरेका छन्। राष्ट्रका लागि “गर वा मर अभियान” भन्दै उनले आफ्ना समर्थकहरूलाई फेसबुकमार्फत सक्रिय हुन आह्वान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रदर्शनकारीमाथि दमन र हत्या गरेको आरोप लगाउँदै जेनजी अभियान्ताहरू निरन्तर दबाब दिइरहेका छन्।
जेनजी आन्दोलनकै मागअनुसार अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। सो सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
यही आयोगलाई थप दबाब दिने उद्देश्यले सुदनसहितका अभियान्ताले ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै ट्रेन्ड सुरु गरेका हुन्। आयोगले उनीहरूका राहदानी रोक्का गर्दै काठमाडौँ उपत्यका बाहिर जानुअघि अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
सुदनले फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टरमा लेखिएको छ, “यदि तत्काल पक्राउ नगरिए, हामी नै पक्राउ गर्न बाध्य हुनेछौं।”
यसअघि पनि सुदनसहित जेनजीका प्रतिनिधिहरू बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई सोही मागसहित भेटेका थिए। त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि बालुवाटार पुगेर ओली र लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री कार्कीलाई दबाब दिएका थिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा