सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” बाट नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। यस सेवाको सुरुवातसँगै बैंकका ग्राहकले अब भौतिक कार्डको झन्झट विना नै मोबाईल एपमार्फत सजिलै क्रेडिट कार्डको सुविधा प्रयोग गर्न सक्ने भएका छन्।
ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपछि भर्चुअल कार्ड सुविधा सक्रिय गर्न सक्नेछन्। सो कार्डमार्फत फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था छ।
यस कार्डमा न्यूनतम रु. १०,००० देखि अधिकतम रु. १,००,००० सम्मको क्रेडिट सीमा रहनेछ। ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज रकम प्रयोग गर्न सक्नेछन्। साथै, हिसाब राफसाफ गर्दा १० प्रतिशत वा शतप्रतिशत रकम भुक्तानी गर्ने विकल्प पनि राखिएको छ।
बैंकले भौतिक कार्डको सट्टा एपमै उपलब्ध हुने यस डिजिटल कार्डले ग्राहकलाई अझ सुरक्षित, सरल र आधुनिक बैंकिङ अनुभव दिने विश्वास व्यक्त गरेको छ।
हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएममार्फत सेवा दिँदै आएको छ। साथै, नविनतम डिजिटल बैंकिङ प्रविधि प्रयोग गरी गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बैंकले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा