• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

      नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु, ‘नेपाली सेना हाम्रो गौरव हो’ ज्वाला संग्रौला

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

      नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

      कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

      १० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

      सांसदलाई संसदीय भूमिकाबारे एमालेको प्रशिक्षण, ओली र पोखरेलले मार्गदर्शन दिने 

      फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

      चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

    होमपेज /  मुख्य समाचार

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ २७, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६५५ पटक पढिएको
  • काठमाडौं ।  नेपालका कुना–कुनामा निर्मलाको अनुहार अझै बिर्सिएको छैन । २०७५ सालको त्यो कालो दिन, कञ्चनपुरको भीमदत्त नगरपालिका—२ मा १३ वर्षीया निर्मला पन्त बलात्कृत र हत्या भई फेला परेकी थिइन् । न्यायको आशामा देशभरका जनताले आवाज उठाए, मशाल बाले, आँसु बगाए । तर आज सात वर्ष पुग्दा पनि उत्तरविहीन प्रश्नहरू अझै बाँचिरहेका छन् ।

    समाजमा घट्ने सत्य घटनाले न केवल पीडित र उनका परिवारलाई झस्क्याउँछ, पूरै देशलाई नै झकझक्याउने गर्छ । निर्मलाको बलात्कारपछि हत्या घटनाले अझै पनि सम्पूर्ण नेपाली समाजको मनभित्र पीडाको आँधी चलाइरहेको छ ।

    सात वर्ष बितिसक्दा पनि न्यायको ढोका खुल्न नसक्दा आमजनमानसमा प्रश्न उब्जिरहेको छ । ‘अझ कति वर्ष कुर्नुपर्ने हो ?’ यसै घटनाले नेपाली कलाकार समूदायलाई पनि गहिरो रूपले छोएको छ । कलाकारहरु भन्छन्,‘निर्मला पन्तको जस्तो पीडादायी घटनाले समाजलाई झकझक्याउनुपर्छ, र यस्ता घटनालाई कलात्मक रूपमा फिल्ममा उतारेर सन्देश दिन जरुरी छ ।

    ‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’

    उनले थपे, ‘निर्मला पन्तको हत्या एक अत्यन्त पीडादायी घटना हो । यो घटनाले पूर्णता पाउनुपर्छ, दोषी उम्किनु हुँदैन । पीडितले न्याय पाओस् भन्ने हाम्रो साझा कामना हो । अबका दिनमा निर्मलाजस्ता छोरीहरूले यस्तो नियति भोग्न नपरोस् । जसले निर्मलालाई मृत्युको मुखमा पुर्यो, उसले एक दिन त सजाय पाउनेछ नै । यस्ता घटनालाई पर्दामा उतार्नु जरुरी छ, ताकि समाजले पाठ सिकून ।’

    कलाकार अनुप विक्रम शाही पनि सामाजिक यथार्थको प्रतिनिधित्व गर्ने फिल्महरूको पक्षमा छन् । उनी भन्छन्, ‘सामाजिक घटनाक्रममा आधारित फिल्मले मौनतामा आवाज दिन्छ । चलचित्र आफैँमा एउटा सशक्त माध्यम हो जसले समाजको यथार्थ देखाउन सक्छ ।’

    दिव्यदेव पन्त, जसको गृहक्षेत्रमै यो घटना भएको थियो, अझ गहिरो भावनामा डुबेका छन् । उनी भन्छन्, ‘निर्मलाको घटना एक राष्ट्रिय पीडा हो । यत्रो वर्ष बितिसक्दा पनि दोषी पक्राउ नपर्नु, कुनै किनारमा नपुग्नु, सरकार र सम्बन्धित निकायको लापरवाहीको नांगो उदाहरण हो ।’

    उनले चलचित्रमा मात्रै नभइ विभिन्न माध्यमबाट यो मुद्दामा निरन्तर आवाज उठ्नुपर्ने बताए । ‘यो हाम्रो क्षेत्रको घटना भएकाले म अझ व्यक्तिगत रूपमा पनि प्रभावित छु । अपराधी चाँडोभन्दा चाँडो पत्ता लाग्नुपर्छ । तर, यो त हामीले न्यायको माग गर्ने कुरा मात्रै हो, काम त सरकारको हो । यस्ता घटनालाई फिल्ममा उतारेर समाजमा चेतना फैलाउनु एकदम जरुरी छ,’ उनले भने ।

    कलाकारहरूको साझा आवाज यही हो–समाजले बोल्न नसक्ने पीडालाई चलचित्रमार्फत बोल्ने प्रयास गरिनुपर्छ । र निर्मलाको घटनाजस्तो पीडा अबका दिनमा नदोहरियोस् भन्ने सन्देश दिन फिल्मजस्ता माध्यमहरू सक्रिय रहनुपर्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २०…

    नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति…

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना…

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑