• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ११, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :  विमलेन्द्र निधि

      प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

      ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

      ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै काम सक्ने दाबी

      होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

      खुकुरी प्रहार गरी बुहारीको हत्या

      रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक बस्दै

      काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

      देशैभर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

      आज २०८२ जेठ १० गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

      श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देवी प्रतिभाको टोली शनिबार आउँदै

      कामना सेवा विकास बैंकद्वारा ‘इंटरबैंक टेलर क्यूआर’ सेवा सुरु, अब अन्य बैंकका खाताबाट पनि रकम झिक्न सकिने

      गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

      सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

    होमपेज / समाचार

    काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ११, शनिबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ९३ पटक पढिएको
  • काठमाडौं । उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौं भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन् ।

    काठमाडौं उपत्यकामा जडान गरिएका ६९ ट्राफिक लाइटमध्ये २८ वटा पूर्णरूपमा बिग्रिएका छन् ।  पैदल यात्रुका लागि छुट्टै ‘पेनिकल लाइट’ समेत समावेश गरिएका मध्ये अधिकांश लामो समयदेखि मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ ।

    उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक गिरीका अनुसार बिग्रिएका लाइटमध्ये केही आन्दोलनकारीको तोडफोड, केही चट्याङका कारण र कतिपय प्रविधिगत वा विद्युत प्रणालीको समस्याका कारणले बिग्रिएका हुन् ।

    ‘ट्राफिक प्रहरीले लाइट मर्मत गर्ने न बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,’ प्रवक्ता दीपक गिरीले भने, ‘बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ ।’

    गिरीका अनुसार, काठमाडौं उपत्यकामा हाल काठमाडौं जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट छन् । तीमध्ये काठमाडौंका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौंका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ । प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन् ।

    उनले भने, ‘हामीले यी ठाउँमा लाइटहरु विग्रिएका छन् भनेर जानकारी गराएका छौं । काठमाडौंमा अब ५२ ठाउँमा ट्राफिक लाइट जडान भएको छ भने ललितपुरमा १२ ठाउँमा र भक्तपुरमा पाँच ठाउँमा ट्राफिक लाइट जडान छन् । तर अन्य थुप्रै बिग्रिएका छन् । जसमा काठमाडौंको २० ठाउँमा ट्राफिक लाइट बिग्रिएका छन् । ललितपुरमा तीन, भक्तपुरमा एक र पैदल यात्रुहरु बाटो काट्ने ठाउँमा काठमाडौंमा चार ठाउँमा बिग्रिएको अवस्था छ ।’

    ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए । ‘लाइट हुँदा चालकहरूले नियम पालना गर्न सजिलो हुन्छ,’ गिरीले भने, ‘तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इशाराले ट्राफिक चलाउनुपर्छ । घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ ।’

    यसैगरी प्रवक्ता गिरीले ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढेको बताए  । उनले कुनैबेला सवारी आवागमनको र मान्छेको चाप बढि भएको बेला ट्राफिक प्रहरीको हातको इशाराले नपुग्ने भन्दै दुर्घटनाको जोखिम झन बढ्ने गरेको बताए ।

    उनले भने, ‘ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढि नै हुन्छ । जहाँ लाइटहरु बलिरहेका हुन्छन् त्यहाँ सबैलाई थाहा हुन्छ आफ्नो यात्रा गर्ने समय ।  लाइट बलिरहेको ठाउँमा जथाभाभी बाटो काट्न सकिँदैन र  दुर्घटना कम हुन्छ । तर ट्राफिक लाइट नहुँदा हातको इशाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिहेको हुन्छ । तर कुनैबेला सवारी आवागमन र  पैदलयात्रुको चाप बढि भएको बेला हातको इशाराले पुग्दैन । त्यो बेला पैदल यात्रीहरु बाटो काट्दै जान्छन्  र दुर्घटनाको जोखिम बढ्छ ।’

    उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिँदै भने, ‘२१औं शताब्दीमा हरेक चोकमा प्रहरी उभ्याउनुको सट्टा प्रविधि प्रयोग गर्नु उत्तम हुन्छ । यसले दुर्घटनाको जोखिम घटाउँछ, नियम उल्लंघन प्रमाणित गर्न सीसीटीभीमार्फत सजिलो हुन्छ ।’

    दैनिक २५ सय चालक कारवाहीमा !

    यसैगरी ट्राफिक महाशाखाका प्रवक्ता गिरीले ट्राफिक लाइट उल्लंघन गर्नेहरुमध्ये दैनिक करिब दुई हजारदेखि २५ सयजना चालक कारवाहीमा पर्ने गरेको बताए । उनले  मादक पदार्थ सेवन गरेर सवारी चलाउने झन्डै एक सय चालक दैनिक नियन्त्रणमा लिइने गरेको समेत बताए ।

    उनले भने, ‘ट्राफिक लाइटको उल्लंघन गर्ने दुई हजारदेखि २५ सयजना चालकहरु एकैदिन कारवाहीमा परिरहेका हुन्छन् । कतिपय ठाउँमा प्रहरी पुग्न सक्दैन र छुटेको हुनसक्छ । मादक पर्दाथ सेवन गरेर सवारी चलाउने एकसय जना कारवाहीमा परिरहेका हुन्छन्।’

    यसैगरी ट्राफिक प्रहरीले ब्रेथलाइजर र शंकास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लागुपदार्थ सेवनको चेकजाँच गर्दै आएको समेत उनले बताए ।

    प्रायः निकै ठूलो तामझाम गरेर ट्राफिक लाइट जडान गर्ने, मर्मत संभार नगर्ने र जिम्मेवारी नलिने परिपाटी धेरै हुँदा सवारी चालक ट्राफिक प्रहरीकै हातको इसारामा चल्न बाध्य छन् ।

    ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लंघन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएका छन् ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :  विमलेन्द्र निधि

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

    खुकुरी प्रहार गरी बुहारीको हत्या

    देशैभर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आज २०८२ जेठ १० गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

    विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :  विमलेन्द्र निधि

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

    ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै काम सक्ने दाबी

    होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

    गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

    पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली

    भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिवसहित ९ जना कर्मचारी सरुवा

    नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो हुने समस्या छ : मन्त्री  पन्त

    आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

    रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

    विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    आज २०८२ जेठ ३ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

    आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

    सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    आईपीएल आजदेखि पुन सुरु हुँदै 

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा ‘इंटरबैंक टेलर क्यूआर’ सेवा सुरु, अब अन्य बैंकका खाताबाट पनि रकम झिक्न सकिने

    गभर्नर डा.पौडेललाई चेम्बरको सुझाव

    एक हजार एक सयले घट्यो सुनको मूल्य

    सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

    दोहोरो अङ्कले बढ्यो नेप्से

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑