सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो। चाँदी पनि तोलामा २० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार पाँचमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा