सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । सर्लाहीको रानिगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए ।
मृतक युवतीको शव सोही अस्पतालमा रहेको दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा