सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत रूपमा पत्र लेखेका थिए। यही पत्रका आधारमा नेपाल प्रहरीले चौधरीलाई केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबाट नियन्त्रणमा लिएको थियो। सो कार्यक्रम जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
विष्टले पत्रमा चौधरीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरीजस्ता गम्भीर अभियोगहरू उल्लेख गर्दै उनलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए। प्रहरीसमक्ष दिएको बयानमा विष्टले टीकापुर घटनामा ज्यान गुमाएका व्यक्तिहरूको आत्माले पोलिरहेको महसुस भएकाले उक्त पत्र लेखेको बताएका छन्।
हाल विष्टमाथि अनधिकृत कार्यसम्पादन गरेको र पदको दुरुपयोग गरेको अभियोगमा अनुसन्धान भइरहेको जनाइएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा