सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन्। शेर्पाले आज बिहान ८:५६ बजे सगरमाथाको शिखरमा पाइला टेकेको नेपाल प्रहरीले जानकारी दिएको छ।
उनको यो साहसिक उपलब्धिका लागि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
यसअघि, आइतबार सशस्त्र प्रहरी बल (एपीएफ) का असई दन्तबहादुर छन्त्यालले पनि सगरमाथाको सफल आरोहण गरेका थिए।
सगरमाथा आरोहणमा प्रहरी अधिकारीहरूको सहभागिता र सफलताले सुरक्षा निकायका सदस्यहरू केवल सुरक्षा कार्यमा मात्र होइन, साहसिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेका छन् भन्ने देखाएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा