• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

      लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

      सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

      नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

      शान्तिपूर्ण आन्दोलनमार्फत नै राजसंस्था स्थापित गर्ने लिङ्देनको उद्घोष

      प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

      गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

      सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

      युएस वल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसौ वर्षगाँठ

      दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिनको हिरासतमा राख्न अदालतको अनुमति

      आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

      २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवादको समापन

      हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

      फेसन शो मा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरूको प्रदर्शन

      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

    होमपेज / अन्य

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ५, आईतबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५७ पटक पढिएको
  • काठमाडौं । दीपेन्द्र के.खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेरा ः घर नम्बर २’ एक साधारण तर गहिरो कथावस्तु बोकेको पारिवारिक चलचित्र हो । जसले ‘घर’ को अवधारणालाई केवल ईँट्टाप्रस्त संरचनामा सीमित नराखी, आत्मीयता, सम्झना र सम्बन्धसँग गाँसिएको भावनाको रूपमा प्रस्तुत गर्छ ।

    जीवनमा डेरा र घरभन्दा महत्त्वपूर्ण हुन्छन् सम्बन्ध । इट्टाको संरचनाभन्दा सम्बन्धको डोरी बलियो, त्यही सम्बन्ध नै हाम्रा लागि घर हुन् । दीपेन्द्र के.खनाल निर्देशित फिल्म ‘के घर के डेरा घर नम्बर २’ ले भन्न खोजेको पनि यहि हो ।

    फिल्म साहित्यिक मात्रै छैन्, फिल्म जस्तो हुनुपर्ने हो त्यस्तै छ । ‘के घर के डेराः घर नं २’ दर्शकको दिमागमा लामो समयसम्म बस्ने फिल्म बनेको छ । धेरै फिल्म हलमा बत्ती बलेर बाहिर निस्किएपछि सकिन्छ । तर यो त्यस्तो छैन । यो घर पुगेपछि पनि दिमागमा रहिरहने चलचित्र बनेको छ । त्यसैले यो मान्छेलाई सोच्न बाध्य बनाइरहने फिल्म बनेको छ ।

    ‘के घर के डेराः घर नं २’ फिल्ममा रुवाउने मात्रै होइन हसाउने सिन समेत धेरै छन् । यो फिल्म सहरीया मध्यमवर्गीय परिवारले भोग्नुपर्ने कठिनाइको कथामा आधारित छ । फिल्मले मध्यम वर्गीय जीवनशैली, डेरामा बस्दा आउने असहज परिस्थिति र त्यसभित्र लुकेको आत्मीयता देखाउने प्रयास गरेको छ ।

    कथा साधारण भए पनि संवाद र पात्रहरूको स्वाभाविक अभिनयले दर्शकलाई तान्छ । निर्देशकले हाँस्यलाई जबर्जस्ती हैन, पात्रहरूको व्यवहारबाट नै झल्किने बनाएका छन् ।

    मुख्य कलाकारहरू केकी अधिकारी र आर्यन सिग्देलको अभिनय अत्यन्तै स्वाभाविक र जीवन्त देखिन्छ । विशेषगरी हाँस्य क्षणहरूमा अभिनयको टाइमिङ राम्रो छ । केही स्थानमा अभिनय अलिकति बनावटी लागे पनि समग्रमा सबै पात्रहरूले आफ्नो भूमिका न्यायपूर्वक निर्वाह गरेका छन् ।

    पैसालाई सबथोक मान्ने र पैसालाई सबथोक नमान्नेहरूको कथा पनि हो ‘के घर के डेरा’ । ‘के घर के डेरा’ मा सबै पात्रको आ–आफ्नै कथाव्यथा छन् । आ–आफ्नै संघर्ष छन् । सम्बन्धमाथि सबैले आ–आफ्नै खाले उतारचढाव भोगेको देखाइएको छ ।

    यो घरभित्र ऋणमा चुर्लुम्म डुबेका घरभेटी रौनक र उसकी श्रीमती छन् । यो घरभित्र डेरामा बस्ने टाट पल्टिएका व्यापारी र मैनबत्ती बनाएर बेच्ने उसकी छोरी पूजा छन् । यो घरभित्र मिटरब्याज साहुले ¥याख¥याख्ती पारेर भागिरहेको दिवाकर छन् । यो घरभित्र बस दुर्घटनामा बाआमा र बहिनी गुमाएर जाने ठाउँ कतै नभएका राजाराम छन् ।

    चलचित्रमा ठूलो मात्रामा पैसा गुमाएर सडकमा आएकाले बिरामी भएका व्यापारी र बैंकको किस्ता तिर्न नसकेर बिजोग अवस्थामा पुगेका घरभेटी रौनक छन् । परिवार गुमाएपछि त्यही बिमाको पैसाले सम्बन्धहरू किन्दै हिँडेका राजाराम छन् । जति जोर चलाए पनि जीवनमा केही तरक्की गर्न नसकेका दिवाकर छन् ।

    चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो भनेको घरको वातावरण पनि हो । बा–आमाको घरझगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ? खनालले घरभेटी रौनक र श्रीमतीको झगडाको  बीचमा सानी बच्ची (रुविना घिमिरे) लाई उभ्याएर सबै अभिभावकलाई सोधेको प्रश्न हो यो । ती बच्चीले सामना गरिरहेको एन्जाइटी वा अन्य मानसिक तनावलाई पनि देखाएको भए अझै गज्जब हुने थियो ।

    फिल्ममा आर्यन सिग्देल र केकी अधिकारी एक विवाहित जोडी हुन्, जसले आफ्नी छोरीसहित काठमाडौंको पूरानो, पूख्र्यौली घरमा जीवन बिताइरहेका छन् । आर्यनका लागि त्यो घर उनका बुबाआमाको सम्झना, पुर्खाको सम्पत्ति र भावनाको केन्द्र हो । त्यसैकारण उनले स्पष्ट रूपमा भन्छन्, ‘यो घर बेच्नुपरे डिभोर्स हुन्छ ।’

    तर अर्कोतर्फ ऋचा अर्थात् केकी अधिकारी नयाँ सोचकी प्रतिनिधि हुन् । उनी पूरानो घरको शैलीभन्दा शहरको केन्द्रमा, सुविधासम्पन्न नयाँ घर चाहन्छिन् । यही फरक सोच फिल्मको मूल द्वन्द्व बन्छ ।

    त्यसपछि फिल्मले देखाउँछ—कसरी एउटै घरभित्रको दुई सोच, दुई सपना, अनि एक छोरीको भविष्यबीचको संघर्षले हाँस्य, भाव, र रहरको मिसावट ल्याउँछ ।

    निर्देशकले पूरानो घरका दृश्यहरूलाई कलात्मक ढंगले उतारेका छन् । त्यहाँ झ्याल, झ्यालका गहना, भित्ताको पुराना फोटो, अनि गाउँको झल्को दिने काठमाडौँको मुटु यी सबैले दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्न सघाउँछन् ।

    द्वन्द्व गम्भीर भएपनि कथालाई हल्का शैलीमा बुनिएको छ । हाँस्य क्षणहरू अत्यधिक बनावटी लाग्दैनन्, बरु प्राकृतिक लाग्छन ।

    संगीत पक्षले कथा अनुसार नै काम गरेको छ ।  ‘के घर के डेरा घर नम्बर २’ केवल घरको कथा होइन—यो पुर्खाको सम्झना, परिवारभित्रको समझदारी र बदलिँदो समयसँग तालमेल राख्ने कथा हो ।

    फिल्मको छायांकन सामान्य भएपनि कथा अनुसार मेल खाने खालको छ । संगीत पक्ष औसत छ, तर कथासँग मेल खाने दृश्यहरूमा संगीतले भावनालाई बल पु¥याएको छ ।

    फिल्मले नेपाली समाजमा ‘घर’ भन्ने अवधारणामाथि व्यंग्यात्मक ढंगमा प्रश्न उठाउँछ—के साँचो घर ईँट्टा सिमेन्टले बनेको हुन्छ कि मान्छेको आत्मीयताले ? डेरामा बस्नेहरू र घरधनीबीचको सम्बन्ध, साना–साना झगडाभित्रको हास्य र अन्ततः उब्जने आत्मीयता फिल्मको मूल सन्देश हो ।

    फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, र आर्यन सिग्देलको अभिनय रहेको छ ।

    नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

    यसैगरी फिल्मको बारेमा  कुरा गर्दै अभिनेत्री केकी अधिकारीले यो फिल्मसँग आफ्नो जीवनका धेरै कुराहरुले मेल खाएको बताइन् । उनले  चलचित्रमा हामीले सबै जनाको जीवनसँग मेल खानेगरि नै चलचित्रको कथा वस्तुलाई निर्माण गरिएको बताइन् ।

    उनले भनिन्, ‘फिल्मसँग आफ्नो जीवनका धेरै कुराहरुले मेल खाएको छ । लामो समय नै काठमाडौंको डेरामा बसेको अनुभव र आफ्नै घरमा बसेको दुईवटै अनुभव मैले यो फिल्मबाट पनि लिन पाए । चलचित्रमा हामी सबै जनाको जीवनसँग मेल खानेगरि नै चलचित्रको कथा वस्तुलाई निर्माण गरिएको छ ।’

    साथै उनले फिल्म जस्तै घटनाहरु रियल लाइफ भए यसको सामना गर्न निकै नै चुनौतिपूर्ण नै  हुने बताइन् । उनले रियल लाइफ रिल लाइफ भन्दा गाहे नै हुने गरेको बताइन् ।

    उनले भनिन्, ‘सबै जनाले आफूलाई कुनै न कुनै पात्रसँग मेल खाएको अनुभव पाउनुहुन्छ । जुन प्रकारले कथा अगाडि बढेको छ सबै पात्रलाई कसरी मिलाएर अगाडि बढ्छ होला, कनेक्सन एउटै डोरी भेट्नलाई एकदमै गा¥हो हुन्छ । राइट फिङ्सिङ् दिन धेरै नै गा¥हो छ । यसलाई निर्देशकले मज्जाले बुन्नु भएको छ । कुनै पनि पात्र विना काम त्यहाँ छैन् । महत्वपूर्ण कामका लागि मात्रै सिनेमामा देखिन्छ त्यो नै चुनौतिपूर्ण थियो  फिल्ममा । साच्चिकै  फिल्म जस्तै घटनाहरु रियल लाइफ भए यसको सामना गर्न निकै नै चुनौतिपूर्ण नै हुन्छ । हामी त्यस्तो अप्ठ्यारोहरुलाई सामना गर्न त्यति सहज मान्दैनौं । रियल लाइफ रिल लाइफ भन्दा गाहे नै हुन्छ ।’

    दर्शकहरुको  प्रतिक्रियामा सिनेमा हेर्ने दर्शकले ‘के घर के डेरा ः घर नं २’को तारिफ गरेका छन् । आम नेपाली नागरिकले हेर्नैपर्ने सिनेमा भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनीहरूको प्रतिक्रिया छ ।

    फिल्मले एकैसाथ हसाउँछ, भावुक बनाउँछ, र सोच्न बाध्य पार्छ । यसले दर्शकलाई फिल्म सकिएपछि पनि मनमा बाँधिरहन्छ –जुन राम्रो चलचित्रको मुख्य गुण हो ।

    निष्कर्षः

    ‘के घर के डेरा ः घर नम्बर २’ केवल मनोरञ्जनको लागि मात्र होइन, आत्मीयता, समझदारी र नेपाली समाजको यथार्थ बुझ्नका लागि पनि हेर्नैपर्ने फिल्म हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    वीरगंजमा जसपा नेपालको खबरदारी सभा, संघर्षका कार्यक्रम सार्वजनिक

    उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

    लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

    शान्तिपूर्ण आन्दोलनमार्फत नै राजसंस्था स्थापित गर्ने लिङ्देनको उद्घोष

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

    प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

    दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिनको हिरासतमा राख्न अदालतको अनुमति

    जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

    पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    आर्थिक

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑