सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको बताए ।
‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो । यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो,’ उनले भने ।
त्यस्तै उनले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरु आज आएर प्रमाणीत भएको धारणा बताए । नीति कार्यक्रममा बुद्दा नं १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरुमा रस नरहेको उनको भनाई छ ।
उनले भने,‘विगतको दुई वर्षको नीति कार्यक्रममा मैंले राखेका धारणाहरु रेकर्डमा सुरक्षित छन् । ती विषयहरु आज प्रमाणीत भएका छन् । यो नीति कार्यक्रम वुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको निरश नीतिहरु छन् । रस छैन् ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा