सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।
गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो ।
सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाईते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाईते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भईरहेको छ ।
विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
डा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ । बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा