सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शुक्रबार बिहान ११ः५३ बजे भूकम्पको कम्पन महसुस गरीएको हो ।
यो कम्पन गोरखा भूकम्पपछि मापन गरिएको ४ म्याग्निच्युडभन्दा माथिको ६०३औं परकम्प हो।
०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।
सो भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गराएको थियो । भूकम्पमा झण्डै ९ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका थिए भने लाखौं संरचनाहरू ध्वस्त भएका थिए। त्यसयता विभिन्न स्थानहरूमा परकम्पहरू आइरहेका छन्, जसले नेपाल अझै पनि भूकम्पीय जोखिममा रहेको कुरालाई प्रमाणित गर्छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा