सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको विशाल पाण्डा प्रजननको चेङ्दु रिसर्च बेसमा रमाइरहेको पाण्डाको भिडियोप्रति मानिसहरुले निकै चासो व्यक्त गरेका छन् । बांसको सानो टोकरीसँग पाण्डाका बच्चाहरू खेलिरहेको देश्य निकै रुचाइएको छ ।
पाण्डाहरूको लागि बेसको मुनलाइट डेलिभरी हाउसमा खिचिएको थियो । र यसले टोकरीभित्र र बाहिर पाण्डाहरूले निकै चंचलता प्रदर्शन गरेका छन् ।
प्राकृतिक व्यवहारलाई बढावा दिन, पाण्डाहरूको शारीरिक र मनोवैज्ञानिक आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाण्डाहरूलाई टोकरी उपलब्ध गराइएको छ ।
पाण्डा प्रजननको चेङ्दु रिसर्च बेस विशाल पाण्डा, रेड पाण्डा र चीनमा रहेका अन्य लोपोन्मुख प्रजातिहरूको संरक्षणमा समर्पित विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा