सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ पौष । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।
यसदिन ३०५ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनिको शेयर २२ करोड ५३ लाखमा किनबेच भयो ।
आज बैंक, होटल, लगानी, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा