सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७ – नेपालगञ्ज , दोस्रो चरणको चुनाव असार १४ गते गर्ने गरी सरकारले नयाँ मिति तोकेकोमा बाँकेका मुस्लिम समुदायले स्वागत गरेका छन् । रमजान महिनाको समाप्तीपछि निर्वाचनको मिति तोकेका कारण मुस्लिम समुदायले सरकारको निर्णयको स्वागत गरेका हुन् । यसअघि सरकारले वैशाख ३१ गते तोकेको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते गर्ने निर्णय गरेपछि मुस्लिम समुदायले रमजान महिनामा निर्वाचन नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । पछिल्लो पटक सरकारले असार ९ गते निर्वाचन मिति तोकेपछि बाँकेका मुस्लिम समुदाय आन्दोलनमा उत्रिएका थिए ।
मुस्लिम अगुवा मोहम्मद हारुनले सरकारले असार १४ गते निर्वाचन मिति तोकेकोमा मुस्लिम समुदायको माग र भावनाको कदर भएको बताउनुभयो । रमजान महिनापछि निर्वाचनको मिति तोकिएका कारण अब सबै मुस्लिम समुदाय मतदानमा सहभागी हुने अवस्था आएको उहाँले बताउनुभयो । ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान नेपालमा जेठ १४ गते आईतबारदेखि सुरु भएको छ । नेपालगन्जका मुस्लिम अगुवा हाजि शकील अहमद कादरीका अनुसार हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना शुरु हुन्छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा