सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गर्नुभयो । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीमगर उपस्थिति हुनुहुन्थ्यो । सो समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उपस्थित हुनुहुन्थ्यो । साथै, उक्त समारोहमा पूर्व प्रधानन्यायाधीश, मन्त्रीगण, न्यायाधीशहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, कलाकार, उद्योगपति, कानुन व्यवसायी, पत्रकारहरुको उपस्थिति रहेको थियो । गणतन्त्र दिवस जेठ १५ का अवसरमा चियापानको आयोजना गर्ने भएता पनि नेपालको संविधानअनुसार जेठ १५ मा नै बजेट प्रस्तुत गर्नुपर्ने भएको हुँदा आज नै सो समारोहको आयोजना गरिएको बताइएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा