सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १०,काठमाडौं : अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी केन्द्रको सत्ताखेल र स्थानीय तहको संख्या थप्ने निर्णयले दोस्रो चरण निर्वाचन अन्योलमा परेको बताउनुभएको छ ।मन्त्रिपरिषद् बैठकले सोमबार तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने, दुई उपमहानगरलाई महानगर बनाउने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । यो निर्णयले दोस्रो चरण निर्वाचनलाई अन्योलमा धकेलेको उहाँले बताउनुभयो । राजधानीमा मंगलबार आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले गरेको संख्या थप्ने निर्णय स्थानीय तह पुनर्संरचनासम्बन्धी नेपालको संविधानको व्यवस्था र हालै व्यवस्थापिका संसद्बाट पारित कानुको समेत ठाडो उल्लंघन भएकाले उक्त निर्णय तत्काल फिर्ता हुनुपर्छ ।’
प्रधानमन्त्रीनिवासमा मंगलबार भएको सरकारसहित तीन दलको बैठकमा पनि अध्यक्ष ओलीले सरकारको निर्णयप्रति कडा विरोध जनाउनुभएको थियो । उक्त बैठकपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउन संविधान र राजनीतिक सहमतिका आधारमा स्थानीय तहको संख्या थप गरिएको दाबी गर्नुभएको थियो । सरकारले पहिलो चरण निर्वाचन सम्पन्न गराएको र दोस्रो चरण निर्वाचनको उम्मेदवारी दिन ९ दिन बाँकी हुँदा सत्ता फेरबदलको कसरत भइरहेकाले त्यसले निर्वाचनको वातावरण बिग्रिने उहाँले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा