• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    होमपेज /  मुख्य समाचार

    राष्ट्रपतिमा एमालेको असहमति कांग्रेसका लागि प्रधानमन्त्री फकाउने ‘अस्त्र’

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ फागुन ५, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६७३ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं । यतिबेला नेपालको राजनीतिले कस्तो मोड लिन्छ अनुमानसम्म लगाउन नसकिने अवस्था बनेको छ, कारण हुन् प्रचण्ड—ओली । यी दुबै नेपाली राजनीतिका चतुर खेलाडी हुन् ।

    प्रधानमन्त्रीमा समर्थन गर्ने तर पछि छिनमै सडकमा पुर्याउनसक्ने हैसियत राख्ने प्रचण्ड हुन् वा चुनाव भरी धारे हात हानेर सरकार निर्माणमा शानदार गठबन्धन ढाल्न त्यही धारे हात हानेकोलाई सत्तारोहण गराउने ओली । यी दुई एकअर्काका मित्रसंगै राजनीतिका कट्टर प्रतिस्पर्धी पनि हुन् ।

    नेपाली कांग्रेसको प्रधानमन्त्री मोहलाई अस्त्र बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर प्रचण्डलाई गत पुस १० गते प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए । राष्ट्रपति र सभामुख एमालेको भागमा र आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सर्तसहित प्रधानमन्त्रीमा समर्थन गरेका उनले अहिले माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि असहमति जनाउदै छन्, जसलाई कांग्रेसले प्रधानमन्त्री प्रचण्ड फकाउने अस्त्रका रुपमा लिएको छ ।

    प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसले समेत विश्वासको मत दिएपछि उनी राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् । दिनमै कहिले बालुवाटार त कहिले बालकोट गर्दै भेटवार्ता बाक्लिए पनि सहमति हुन नसकेपछी कांग्रेस हौसिएको सहजै बुझिन्छ । यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १० भित्र सहमति गरेर १३ गते उम्मेदवारी दर्ता तोकिएकोमा अहिलेसम्म सत्तारुढ दलका शिर्ष नेताबीच सहमति हुन नसक्दा कांग्रेसले आफुले राष्ट्रपति पाए प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्रीमा समर्थन गर्ने कार्ड आधिकारिक रुपमा फ्याकिसकेको छ ।

    शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस प्रवक्ता एवं सांसद डा। प्रकाशशरण महतले भने, “को प्रधानमन्त्री? को निरन्तरता? भन्दा पनि माओवादीले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गरेमा प्रधानमन्त्री जिलाई दिएको विश्वासको मतलाई कांग्रेसले निरन्तरता दिनुपर्छ ।”

    माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीको दैनिक भेटवार्ता, छलफल अनिर्णित र दुबैको अडान कायमै भएपछि केही समय अघिदेखि कांग्रेसले पनि आफ्ना बैठक र छलफललाई तिब्रता दिएको छ । आजै मात्र कानुन व्यवसायीसहित कांग्रेस संसदीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । खैर, बैठकमा के छलफल भयो अहिलेसम्म बाहिर आइसकेको छैन ।

    प्रवक्ता महतको अभिव्यक्ति तरंगिएको अहिले अवस्थालाई प्रधानमन्त्री प्रचण्डले व्यर्थ भएजस्तो गरि वर्तमान गठबन्धनका दुई शिर्ष नेता एकै ठाउँमा रहेको बताएता पनि उनी आफ्नो स्वार्थका लागि जतातिर पनि ढल्किन सक्ने नेताका रुपमा चिनिन्छन् । आज मात्र बालकोटमा एमाले अध्यक्ष ओलीसँगको वार्तापछी हामी एकै ठाउँमा छौं, केही दिनमा निष्कर्षमा पुग्ने बताएका थिए ।

    यसले पनि प्रष्ट हुन्छ अहिलेसम्म दुबै नेता निष्कर्षमा पुगेका छैनन् । केही दिनमा निष्कर्षमा नपुगे कांग्रेसले फ्याकेको कार्डले पनि काम गर्न सक्ने सम्भावना पनि रहने माओवादी एमालेकै नेताहरु बताउछन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो अडानमा कायम रहनुमा उनलाई पार्टीबाट नै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दबाब छ भने ओली पुर्व सहमतिकै कारण आफ्नो अडानमा छन् । उनी पुर्व सहमति नै कार्यान्वयन हुनुपर्ने र अहिलेको सरकारलाई कांग्रेसको समर्थन आवश्यक नरहेको बताउदै आइरहेका छन् ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑