• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

    होमपेज /  राजनीती

    राजनीतिक खिचातानीमै व्यस्त नेपाल

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ आश्विन ७, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १९२६ पटक पढिएको
  • काठमाडौं । लामो संघर्षपछि हासिल भएको गणतन्त्रले देश उभोगतितर्फ लम्किएला, जनताले प्रत्यक्ष जननिर्वाचित जनप्रतिनिधि पाएपछि विकासका मुहान फुट्लान र आमूल परिवर्तन आउला भन्ने जुन आशा र सपना थियो त्यो साकार हुनुको साटो हराएको छ ।

    लोकतान्त्रिक गणतन्त्र पछि देशमा तीनपटक निर्वाचन भएर जनताले सयौं जनप्रतिनिधि संसद भवनमा पठाए केही आशासहित । तर जति आशा थियो त्यो पूरा हुन नसकेको जनताले अहिले आभास गरिरहेका छन् । जसका ज्वलन्त उदाहरण स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदार हुँदै निर्वाचित काठमाडौंका बालेन शाह, धरानका हर्क साम्पाङ, धनगढीका गोपाल हमाल हुन भन्दा फरक पर्दैन ।

    बहुदलीय व्यवस्थामा विश्वास गरेर २०४६ देखि २०६२/०६३ सम्मको जनआन्दोलन, १० वर्षे सशस्त्र माओवादी आन्दोलनमा लाखौं जनता यत्तिकै पक्कै होमिएका थिएनन् । हजारौं जनताले व्यर्थमा बलिदान दिएका थिएनन्, लाखौं जनता बिना सपना अंगभंग, बेघर, बेपत्ता भएका थिएनन् । उनीहरुको एकमात्र चाहना, सपना आशा भनेको देश विकासको बाटोमा लम्कियोस, जनताले शान्तिले बाच्न पाउन र नेपाल सधैं नेपाल रहिरहोस भन्ने थियो । तर उनीहरुको बलिदान विपरीत कहिले संविधानका नाममा मान्छे मरे, कहिले पश्चिमको टनकपुर, पूर्वको पानीटंकी बेचियो त कहिले भएका संरचनाहरुसमेत ध्वस्त गरियो ।

    २०६४ मा माओवादी चुने जनताले संविधानका लागि तर पूरा भएन, २०७० मा नेपाली काङ्ग्रेस चुने संविधान, विकास र सहज जीविकोपार्जनका लागि तर संविधान त बन्यो तर आफ्नो स्वार्थका लागि ठुलाबडाले उल्लंघन गर्न मिल्ने, सानाले सधैं सास्ती खेप्नुपर्ने, २०७४ मा माओवादी-एमाले एकबद्ध नेकपा रोजे, संविधान कार्यान्वयन, केही अधिकार परिपुर्ति र सहज जीविकोपार्जन तर यसले न संविधान कार्यान्वयन नै गर्न सक्यो न सबैलाई समान अधिकार दिन सक्यो । उल्टै स्वार्थले भएको एकबद्धता टुट्यो अनि देश अझै संकटतर्फ लम्कियो ।

    यति राजनीतिक खिचातानीमा देश परिरहँदा केही जनता भने जागिसकेका छन जसको उदाहरण माथी उल्लेखित गरिसकिया छ । पार्टीको विकल्प जनताले स्वतन्त्र नै रोज्न बाध्य हुनुपरेको छर्लङ्ग छ । अझै पनि नेपालमा ७० नाघेका युवा नेताले ४र५ बर्षे योजना सुनाएर जनतालाई फेरि उल्लु बनाउन छाडेका छैनन् । अलि शिक्षित ठाउँका जनता त अब यस्ता बकवास योजना सुनाउनेलाई लखेट्न बेर लाउने छैनन् तर अब जाग्ने पालो अन्य सबै नेपालीको हो जो अझै चुनावी मासुभात, मद्यपान र केही पैसाले आफुलाई बर्षौंदेखि धोका दिइरहेका नेताहरुलाई साथ दिइरहेका छन् ।

    चोकहरुका चिया पसलमा देश बनेन, नेता राम्रा भएनन्, अपेक्षित विकास भएन भनेर राजनीतिक दल र तिनका शिर्ष नेताहरुलाई गाली गरिरहने जनताले मतदान गर्ने दिन स्वविवेकले जनप्रतिनिधि छान्नुपर्छ भन्ने बुद्धि आएको दिन मात्र देश परिवर्तनको बाटोमा लम्किनेछ ।

    स्वरोजगार हुन्छ, सबै ठाउँमा समान विकास हुन्छ देखि कहिले रेल, पानीजहाज, घरघरमा ग्यासको व्यवस्थासम्म बकम्फुसे प्रतिबद्धताले जनतालाई थकित त पारेको छ नै अब त आक्रोशितसमेत पार्न थालेको छ । स्वरोजगार त परको कुरा यहाँ आफ्नै ठाउँमा केही गरौं भने सरकारले न केही सहयोग गर्छ न सहजता दिन्छ, बैंकबाट आज निकालेको ऋणको ब्याज २ महिनामै लाखौं पुग्छ एक्कासी, त्यसैको मारले आज दैनिक हजारौ युवाहरु बिदेशिदै छन्, सायद नेपालमा भएका युवाभन्दा बढी विदेशका विभिन्न मुलुकमा पसिना बगाइरहेका छन् । जनताले नै जिताएर संसदसम्म पुगाएर सम्पन्न बनाएका जनप्रतिनिधिले इमानदारिताका साथ ती युवालाई देशमै पसिना बगाउने योजना र वातावरणको व्यवस्था गर्दिएको भए आज देशले छलाङ माथ्र्यो । त्यस्तै समान विकासको कुरा गर्दा काठमाडौं, पोखरा, चितवनमा भएको विकास न सुदूरपश्चिमको दार्चुलामा पुग्यो न पुर्वको ताप्लेजुङमा पुग्यो । अनि कसरी समान विकास भयो ? अब सबै जनताले यसलाई बुझ्ने वा नबुझ्ने, उनीहरुकै हातको औंलामा भरपर्छ ।

    राजनीतिक स्वार्थका लागि कहिले कम्युनिस्ट गठबन्धन, कहिले विचारले फरक भएपनी स्वार्थ हेतु फरक धारमा उभिएकासँग गठबन्धन, कहिले टाउको काटेर ल्याए पुरस्कार, कहिले उसैसँग टाउको जोडाजोड, कहिले गाली र कटाक्षको वर्षा, कहिले मायाप्रेमको चर्चा यी सबै आफ्ना व्यक्तिगत, राजनीतिक स्वार्थका लागि नभएर जनताका लागि हुन भन्नू नै देशप्रति गद्दारी र अन्याय हो । आफ्ना पारिवारिक सदस्यहरुको विकासमा सिमीत नेता, कार्यकर्तालाई वहिष्कार गर्नसके देशले शान्तिको श्वास फेर्ला ।

    यति भनिरहदा सबैलाई एउटै खाल्डोमा हाल्न मिल्दैन । केही देशका लागि पनि बोलिरहेकै छन् तर औंलामा गन्न मिल्नेहरु । देशमा केही विकासहरु नभएका हैनन् त्यसभित्र भ्रष्टाचार, कमिसन कति छ त्यो औंल्याउनै सकिँदैन । इमान्दारी विकास भएकै छैनन् । एउटा कल्भर्ट बन्न वर्षदिन यत्तिकै लाग्दैन अनि के विकास भन्नू ? हिलाम्य, खाल्डाखुल्डी भएका सडकको मर्मतसम्भार तब हुन्छ जब त्यहाँ १०–१२ जनाले ज्यान गुमाउदैनन् अनि के विकास भन्नू । स्वार्थ परिपुर्ति गर्न जनताको आँखामा छारो हाल्ने कामलाई विकास भन्न नसकिने बुद्धिजीवीहरुले भन्दै नआएका हैनन् ।

    राजनीतिक खिचातानीमै अझै देश केही वर्ष रहिरहे पनि जनताले परिवर्तन चाहिरहेका अवस्थामा छिट्टै यी सबैलाई एक एक गरि बहिष्कार, बहिर्गमन गर्ने दिन आउनेछ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

    तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

    पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

    कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर…

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑