सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ३ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई २१७२ मतान्तरले पराजित गर्दै ताराकुमारी बिजयी हुनुभएको हो ।
मेयरमा निर्वाचित महतोले ९९०१ मत प्राप्त गर्नुभएको छ भने पराजीत काफ्लेले जम्मा ७७२९ मत मात्रै प्राप्त गर्नुभयो । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।
उपमेयरमा भने कांग्रेसका खेम महतोले ६८३० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले ५१४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले ३०८६ मत पाउनु भएको छ । माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा