सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिंगटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्विटर र फेसबुकले उनका आधिकारिक एकाउन्ट हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालीन राष्ट्रपति ट्रम्पले भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायत आरोप लगाउदै ती सामाजिक सञ्जालहरुले उनको एकाउन्ट हटाइदिएका हुन् । विषेश गरेर ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए ।
उनीहरुले हटाएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाइन सञ्चालन गरेका थिए । तर त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ ।
उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ट्रुथ सोसियल राख्ने पनि तय भइसकेको उनको सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टिएमटिजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफैं छन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्वन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने बताए । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरुले अमेरिकाका प्रतिपक्षी आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।
ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायत धेरै सुविधा उपलब्ध गराइने टिएमटिजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा