• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

    होमपेज /  पर्यटन

    हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ बैशाख २, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९७८ पटक पढिएको
  • चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष–२०७८ मनाउनका लागि अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको हनुमन्तेडाँडा बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । नयाँ वर्ष–२०७८ मनाउन बुधबार मात्रै करिब पाँच हजार आन्तरिक पर्यटक हनुमन्तेडाँडा पुगेको वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।

    नयाँ वर्षको अवसरमा दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईं र विशाल खड्काको उपस्थितिमा दोलखाको घुम्नैपर्ने पर्यटकीय क्षेत्रमध्ये एक रहेको भन्दै हनुमन्तेश्वर पर्यटन विकास क्षेत्रसमेत घोषण गरिएको छ । प्रदेशसभा सदस्यद्वय चौलागाईँ र खड्काले खावा डाँडामा निर्माण भएको हनुमन्ते प्रवेशद्वारको उद्घाटन गर्दै हनुमन्ते पर्यटन क्षेत्र घोषणा गरेका हुन् । सोही अवसरमा हनुमन्तेश्वर डाँडामा निर्माण गरिएको हनुमानको मूर्तिसमेत अनावरण गरिएको थियो । “बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा हनुमन्तेडाँडा विकास भइरहेको छ”, प्रदेशसभा सदस्य चौलागाईँले भने, “त्यहाँको रमणीय दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक आउने गरेका छन् ।”

    हनुमन्ते क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि वाग्मती प्रदेश सरकारले समेत विशेष चासो राख्दै आएको छ । उक्त क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी वाग्मती प्रदेश सरकारको सहयोगमा खावाबजारबाट हनुमन्तेको बेसक्याम्प मानिने मेहेलेसम्म सडक मार्ग निर्माण गरिएको छ भने मेहेलेबाट हनुमन्तेडाँडासम्म पदमार्ग सिँढी निर्माण गरिनुका साथै विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिएको छ ।

    हनुमन्तेडाँडाको छुट्टै धार्मिक मान्यता रहेका कारण धार्मिक पर्यटक हनुमन्ते क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिन्दू धर्मशास्त्रअनुसार हनुमानले हुमन्तेडाँडाको पहाडबाट नै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिएको छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैंले उत्पत्ति भएको किंवदन्ती पाइन्छ भने उक्त मूर्ति त्यस क्षेत्रबाट पछि चोरी भएको स्थानीयवासीले बताएका छन् । हनुमन्तेडाँडामा हिन्दू धर्मावलम्बीहरूको आस्था जोडिएको र यसलाई अब रामायण सर्किटसँग जोडेर धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनाउने योजना रहेको प्रदेशसभा सदस्य चौलागाईंले बताए ।

    हनुमन्तेमा जान चाहने पर्यटक सहजै उक्त क्षेत्रमा पुग्न सकिन्छ । चरीकोट–जिरी सडकखण्डअन्तर्गत खावाबजारबाट बेस क्याम्प मेहेलेसम्म यातायातका साधनमार्फत र केही घण्टा पैदलयात्रापछि हनुमन्तेमा पुग्न सकिन्छ । हनुमन्तेमा हनुमानको पूजा गर्न पाउनुका साथै उक्त क्षेत्रबाट विभिन्न हिमाल, रोलवालिङ हिमशृङखला तथा आकर्षक प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पर्यटकको चहलपहल बढ्न थालेसँगै त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव…

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑