• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

      खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

      विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

      नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

      पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

      उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह

      चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

      क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

      सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

      नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

      रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

      अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

    होमपेज /  पर्यटन

    नमूना घलेगाउँमा पर्यटकको चहलपहल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ पौष २०, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६३७ पटक पढिएको
  • लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमूना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोभिडका कारण यहाँका समितिलेसमेत घरबास बन्द गरे पनि गत भदौ १ गतेदेखि घलेगाउँ घरबास पर्यटकका लागि खुला गरेको थियो । घरबास खुला गरिएको केही हप्तापछि कहिलेकाहीँ नौ÷१० जना मुस्किलले आउने गरे पनि यतिबेला भने दैनिक सय देखि १५० जनासम्म आन्तरिक पर्यटक आउन थालेको समितिका सचिव उमलबहादुर विकले बताए ।

    उनले भने, “कोभिडका त्रासले नआएका पर्यटक यतिबेला आउन थालेपछि घरबासमा चहलपहल हुनुका साथै आम्दानीसमेत हुँदा घरबास सञ्चालक हर्षित हुन थालेका छन् । प्रकृतिले सिंगारिदिएको घलेगाउँ आफैँमा सुन्दर छ भने घरबास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो । यहाँ ३७ घरमा घरबास सञ्चालनमा छ ।”

    विगतमा यस समयमा दैनिक २००/३०० सम्म पर्यटक आउने गर्थे । वर्षेनी २५ हजार हाराहारी पर्यटक आउने तथ्याङ्क छ । पर्यटक नआउँदा आम्दानीसमेत रोकिएपछि निराश तथा चिन्तित बनेको झण्डै १० महिनामा पर्यटकको चहलपहल हुन थालेपछि घरबास सञ्चालकको मुहारमा एकाएक चमक आउन थालेको छ । समितिका अनुसार अब भने विस्तारै पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै विगतको मौसमको लयमा फर्किने पर्यटन व्यवसायीको अपेक्षा छ । पर्यटकको चहलपहल हुँदा यहाँका प्रतिघरबास सञ्चालकले कम्तीमा पनि ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मासिक आम्दानी गर्ने गरेको घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ ।

    उनले भने, “हामीले प्रतिपर्यटक एक हजार १०० मा खाना बस्न र सुत्न दिने गरेका छौँ ।” विगतमा जसरी यतिबेला कोभिडका कारणले गर्दा स्वागत कार्यक्रम र गुरुङ समुदायको संस्कृतिका कुनै पनि साँस्कृतिक कार्यक्रम भने नगरिएको उनले बताए । यसअघि घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कलासंस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख साँस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो ।

    विसं २०५६ बाट शुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट घलेगाउँलाई विसं २०७५ पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गरेका थिए । यहाँका पर्यटन पूर्वाधार विकासका लागि गत वर्ष गण्डकी प्रदेश सरकारको रु २९ लाख ४६ हजार तथा क्होलासोथर गाउँपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा यहाँका १२५ घरधुरीमै रातो रंगको टिन लगाएको समितिले जनाएको छ ।

    मुलुकमा विसं २०६२/२०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रुपमा घोषणा गरेको थियो । घलेगाउँ समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ समेत हो । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका र भेडाको मासुलगायतका परिकार खुवाउने गर्दछन् ।

    घलेगाउँबाट ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल ९चौथो०, ६ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, ८ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ७ हजार ८३५ मिटर उचाइको ङादीचुली (डा.हर्क हिमाल) र ६ हजा ६७२ मिटर उचाइको बुद्ध हिमाल देख्न सकिन्छ ।

    सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइवो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भीर मौरी र बनझाक्री छहरालगायतका स्थानसमेत घलेगाउँमा देख्न सकिन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं :…

    विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

    नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑