• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  समाज

    विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण १४, मंगलबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २९१ पटक पढिएको
  • दाङ, साउन १४ । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनी दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन्।

    गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए ।

    त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् । तर, दाङ तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार यो रेकर्ड तोड्ने क्रममा छन् । विश्व रेकर्डका लागि उनले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उनले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेका छन्।

    उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए । उनका अनुसार रेकर्ड भएको उक्त भिडियोसहित करीब रु एक लाख पठाउनुपर्ने र त्यसको नतिजा १०/१५ दिनमा आइपुग्छ ।

    “मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ”, उनले भने, “त्योसँगै करीब रु एक लाख पठाएपछि १०/१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच/सात महीना लाग्छ ।” तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा उनी यस पटक गिनिजबुकमा नाम लेखाउने दौडमा छन् ।

    परियारले गिनिजबुकमा नाम लेखाएर उक्त खेल क्षेत्रमा नेपालको नाम विश्वमै चिनाउने योजना बनाएको बताए । यसमा उपमहानगरपालिकाले पनि सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

    उनका अनुसार अहिले ऋषिलाई गिनिजबुकमा नाम लेखाउन मद्दत गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले रु एक लाख १५ हजारसमेत सहयोग गरेको छ ।

    तुलसीपुर निवासी परियारले गिनिजबुकमा नाम लेखाउन सफल भएमा खेल क्षेत्रमा तुलसीपुरको नाम अन्तर्राष्ट्रियस्तरमा पुग्नेसमेत पाण्डेले बताए ।

    “हामीले तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’का रूपमा अगाडि बढाइरहेका छौँ”, उनले भने, “सोहीअनुसार हामीले यहाँका खेलाडीलाई प्रोत्साहन गरिरहेका छौँ, अहिले ऋषिले विश्व रेकर्ड तोड्न सफल भएमा उपमहानगरलाई थप मद्दत पुग्छ ।”

    साथै ऋषिलाई गिनिजबुकमा नाम लेखाउन आवश्यक पर्ने रकम जुटाउन उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगर युवा तथा खेलकूद संयोजक अमर नेपालीले बताए ।

    हातले टेकेर तीन किलोमिटर हिँड्छन् ऋषि

    ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको भने होइन । उनले अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन् । उनले चार महीनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका थिए ।

    त्यसको नतिजाको पर्खाइमा हुनुहुन्छ ऋषि । विगत चार÷पाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा हिँडेका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताउँछन् । तर, उनको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ । “अर्थाभावले मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले भने, “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु ।”

    सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने ऋषि जिम्न्यास्टिक, उफ्रने, दौडने, खेल खेल्ने गर्थे । यसमा उनको रुचि पनि बढी थियो । उनले केही वर्षअघि सोचे, ‘मानिस खुट्टाले त हिँड्छन्, तर हातले हिँडे कस्तो हुन्छ होला रु’ उनले मनमा उक्त प्रश्न खेलाइरहन मानेनन्, अनि आफैँ हातले हिँड्ने प्रयास गर्न थाले ।

    प्रयास गर्दै जाँदा परियारले विस्तारै हातले उभिन सिके । अनि केही समयको प्रयासपछि विस्तारै–विस्तारै हिँड्न शुरु गरे । यसरी प्रयास गर्दै जाँदा अहिले उनी हातले हिँड्न थालेको १३ वर्ष पुग्यो । लामो सङ्घर्ष र प्रयासपछि उनी अहिले उकालो, आरालोसमेत हिँड्नसक्ने भएका छन् । यही सीपलाई लिएर उनी विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन् । रासस

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑