सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १९ । लायन्स मल्टिपल डिस्ट्रिक सन् १९१७ मा स्थापना भएको संस्था हो । जसले १९१७ देखी अहिले सम्म सामाजिक हितका लागि काम गर्दै आएको छ ।
सन् १९१७ मा स्थापना भएको लायन्स ४६००० क्लब तथा एक करोड चालिस लाख सदस्य भएको विश्वकै ठुलो संस्थाको रुपमा स्थापना भएको छ । करिब ३२००० सदस्य रहेको लायन्सले १२०० क्लब मार्फत नेपालमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।
नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिक बीच नेपालका लायन्स सदस्यहरुलाई नबिल बैंकबाट भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । नबिल बैंकले हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा सहकार्य रहने जनाएको छ ।
नबिल बैंकका नायब महाप्रबन्धक बिनय कुमार रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उल्लेख्य भूमिका रहने जानकारी दिए ।
उक्त कार्यको सर्हाना गर्दै लायन्स मल्टिपल डिस्ट्रिकका अध्यक्ष डी. आर. खनालले नबिल बैंकलाई धन्यवाद दिए । यसैक्रममा, उनले यसको फाइदा लिनु हुन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा