सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २५। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् । उनी प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिन्छिन् ।
उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘यस विभागमा सहयोगीहरुसँग रहेर सेवा, समर्पण र प्रतिबद्धताका साथ काम गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’
राष्ट्रपति ट्रम्पले निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् । उनले ट्वीट गर्दै निलसनको स्थानमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेनन नियुक्त गरिएको जानकारी दिएका छन् ।
निलसनले ट्रम्प सरकारको विवादास्पद सीमा नीतिको बचाउ गरेको भन्दै आलोचना खेप्दै आएकी थिइन् ।उनी जनवरी २०१७ देखि ट्रम्प प्रशासनमा सामेल भएकी थिइन् । उनी पूर्व गृह सुरक्षा प्रमुख जोन केलीको सहयोगी थिइन् । जब केली ह्वाइटहाउसमा चिफ अफ स्टाफ बने तब निलसन गृह सुरक्षा उपप्रमुख बनिन् । एक वर्ष पछि उनले प्रमुखको जिम्मेवारी पाइन् ।
राष्ट्रपति ट्रम्पसँग उनको त्यति सम्बन्ध सुमधुर नभएको बताइन्छ । यद्यपि निलसनले सार्वजनिक रुपमा ट्रम्प प्रशासनको विरोध गरेको थाहा पाइएको छैन ।
राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाको भ्रमण गरेको केही दिनमै निलसनको राजीनामा आएको छ । राष्ट्रपति ट्रम्पले प्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनका लागि मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने बताउँदै आएका छन् ।
अमेरिकामा लागुऔषध भित्राउने तथा अवैधरुपमा प्रवासी प्रवेश गर्ने काम एक वर्षभित्रै रोक्ने ट्रम्पले बताएका छन् । राष्ट्रपति ट्रम्पसँग उनको त्यति सम्बन्ध सुमधुर नभएको बताइन्छ । यद्यपि निलसनले सार्वजनिक रुपमा ट्रम्प प्रशासनको विरोध गरेको थाहा पाइएको छैन ।
राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाको भ्रमण गरेको केही दिनमै निलसनको राजीनामा आएको छ । राष्ट्रपति ट्रम्पले प्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनका लागि मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने बताउँदै आएका छन् । अमेरिकामा लागुऔषध भित्राउने तथा अवैधरुपमा प्रवासी प्रवेश गर्ने काम एक वर्षभित्रै रोक्ने ट्रम्पले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा