सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय मुलका सिख नेता जगमीत सिंहले क्याडाको हाउस अफ कामस मा देशको विपक्षि पार्टीका पहिला अश्वेत नेताको रुपमा प्रवेश गर्दे राजनितिक इतिहास रचेका छन् । याहा अब उनको सामना क्यानडामा सत्तारुढ लिबरल पार्टीका प्रधानमन्त्रि जस्टिन टुडो र मुख्य विपक्षि दलका प्रमुख एंड्रयू शीयरसँग हुनेछ ।
जगमीत सिंहले तल्लो सदनमा पगडि लगाएर जब प्रवेश गरे तब सदस्यहरु सबैले उनले स्वागत गरेका थिए । यही दिन प्रधानमन्त्रि जस्टिन टुडोको मन्त्रिमण्डलमा एक बरिष्ट महिला सदस्यलाई पनि समावेश गरीयो । न्यु डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह टाउकोमा आफनो हात राख्र्दै आहउस अफ कामन्समा प्रवेश गरेका थिए ।
यही बर्ष २५ फेब्रुवरीमा ४० बर्षिय नेतालाई उप–चुनावमा विजयी घोषित गरीएको थियो । जगमीत सिंह ब्रिटिश कोलंबिया प्रान्तको बर्नाबी साउथ सीटबाट चुनिएका थिए । उनी क्यानडाका तेस्रो सबैभन्दा ठुलो राजनितिक दल एनडिपीका प्रमुख हुन् । उनले सत्तारुढ लिबरल पार्टीका टोरी शिलाई हराउदै संसदमा आफनो ठाउँ बनाएका हुन् ।
जन–प्रतिनिधिको रुपमा जगमीतले पछिल्लो हप्ता न्यूजिल्याण्डमा मस्जिदमा भएको आक्रमण पछि बयान दिदै न्यूजिल्याण्डमा क्राइस्टटचर्चका जो मुस्लिम भाई बहिनि आक्रमणको शोक मनाइरहेकाहरुलाई समर्थन गरेको बताएका थिए ।
यसपछि उनले देशको आवास समस्यालाई लिएर सरकारमाथि आफनो पहिलो सवाल पनि उठाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा