सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र ५। नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा लागेकी छन् । उनी उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम प्रवेश गरेकी छन् । डीआईजीबाट अवकाश पाएको पाँच वर्षपछि उनी राजनीतिमा लागेकी हुन् ।
नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् ।
प्रहरी सेवामा रहँदा चर्चाको शिखरमा रहेकी उनी अवकाशपछि गुमनाम जस्तै थिइन् । सार्वजनिक सभा समारोहमा समेत नदेखिने उनी अब राजनीति मार्फत् चर्चामा आउँछन् कि आउँदैनन् त्यो हेर्न बाँकी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा