सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ बैशाख । दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली राष्ट्रिय टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो । नेपाली स्पिनर चम्किएपछि वेष्ट इन्डिज कम योगफल मै रोकिएको हो ।
३६ वर्षीय दायाँ हाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा सर्वाधिक ४३ रन बनाएका हुन् । उनले चार चौका प्रहार गरे । प्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् ।
नवौं नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाएका हुन् । अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् ।
कप्तान रोस्टन चेजले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पहिलो खेलमा अर्धसतक बनाएका चेजलाई स्पिनर कुशल भुर्तेलले बोल्ड गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा