सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रमेश थापा
२०६२/०६३ को जनआन्दोलनले नेपाल बाट राजतन्त्रलाई पाखा लगाएर गणतन्त्रको घोषणा गर्यो, नयाँ संबिधान लेखियो तर संबिधानलाई पूर्णरुपमा कार्यन्वयन गर्न नसकेका कारण पूर्वराजा पटक पटक बिबादमा अाइरहन्छ । राजाबादीहरुको बुझाईमा २०६२/०६३ को आन्दोलनले राजतन्त्र अन्त्य गर्ने म्यान्डेट नदिएको भन्ने छ। त्यसै गरी राजतन्त्र को वकालत गर्ने सन्सद को चौथो शक्त्ती रा.प्र.पा ले राजतन्त्र र हिन्दू राज्य को माग गर्दै अाइरहेको छ । २४० बर्ष देखी एक छत्र राज गरेको राजतन्त्रको दुहाइ भय पछी अन्तिम राजा ज्ञानेन्द्रलाई पनि छटपटी नहुने त कुरा नै भएन। त्यसैले त हिन्दू राज्य र राजतन्त्र को पुनर्बहाली का लागि सडक देखी सदन सम्म नारा लगाउनेहरु सङ्ख्या पनि कम छैन। तर यि सबै घटना आँफै स्रिजित भएका होइनन, संबिधान बनाउने म्यान्डेट पाएका दलहरु पहिलो संबिधान सभामा पूर्ण त असफल भय तर दोर्सो संबिधान सभाको निर्वाचन भयो अनी एक बर्ष मै संबिधान बनाउने बाचा पनि ब्यक्त गरे तर फेरी उनिहरु फेरी चुके, संबिधान लेखन लाई पूर्णता त दिय तर त्यसको पूर्णरुपमा कार्यन्वयन गर्न सकिरहेका छैनन। एका तिर २०७४ माघ ८ भित्र ३ तह को निर्वाचन गराउनु छ भने अर्को तर्फ मधेसी मोर्चालाई मनाउनु छ। संबिधान सभाले संबिधान त बनायो तर मसी सुक्न नपाउदै पहिलो सन्सोधन गर्नु पर्यो। संबिधान को पहिलो सन्शोधन ले मधेसी का माग हरुलाई सम्बोधन गर्न नसकेको भनी बिगत लामो समय देखी मधेसी दल हरु आन्दोलन मा छन।
संबिधान पूर्णरुपमा कार्यन्व्यन नभएसम्म पूर्व राजा ज्ञानेन्द्र देखी राजतन्त्र र धर्म सापेक्षेता को वकालत गर्ने हरु, सिके रावत जस्ता बिखन्डन बादिहरु र देशमा अस्थिरता कायम गरेर ब्रम्हलुट गर्न खोज्नेहरु हरतरह ले सलबलाइरहेने छन।
किन डराउछन नेताहरु?
वास्तवमै कि त गल्ती गर्ने हरु डराउछन कि बाचा पुरा गर्न नसक्ने हरु डराउछन। त्यसैले पनि होला तोकिएको समयमा संबिधान बनाउन असफल भएका दलहरु संबिधान बनाइसके पछी कार्यन्वयन गर्ने बेला मा पनि एक ठाउमा उभिन सकिरहेका छैनन। नागरिक भैइसकेका पूर्व राजा ज्ञानेद्रले केही कुरा बोल्ने बित्तिकै डराउछन अनी त्यस्को प्रतिकार गर्न तम्सिन्छन। आखिर किन डराउने नागरिक भयका राजा सँग? पूर्व राजाको बोलिमा के दम्छ त्यस्तो? पूर्व राजा ज्ञानेद्रका पछाडि ठुलै शक्ती लागेको छ तर त्यस्ले केही गर्न सक्दैन यदी नेताहरुले समयमै बुद्दी पुर्याउन सके। जनतासँग राखेका बाचाहरु पुरा गर्न नसक्ने अनी सत्ता र शक्ती कै पछी डौडिरहने हो भने राजाबादी र पूर्व राजा अबश्य
पनि हाबी हुन्छन। नागरिक भैसकेका ज्ञानेन्द्रलाई पनि केही बोल्न पाउने हक छ अनी देशको चिन्ता अन्य नागरिक लाई जस्तै उन्लाई पनि छ। ज्ञानेन्द्र को मुखबाट बोली झर्न नपाउदै झम्टन जाने नेताहरुले आफ्नो व्यबहार र आचरण सुधार्नु जरुरी छ। आफ्ना गल्तीहरुलाई ढाकछोप गर्न का लागि कसै को प्रतिकार मा उत्रिनु उचित होइन।
हुन सक्छ ज्ञानेद्र को बोलिमा केही स्वार्थ लुकेको होला तर उन्ले बोल्नै नपाउने त होइनहोला। आँफै राजाबादी हरु र संबिधान बिरोधी हरु सँग साठगाठ गर्दै हिंड्ने अनी अरुको मुख बन्द गर्नखोज्ने यो कस्तो लोकतन्त्र। यदी सक्छौ भने पहिले आफु मिल अनी छिटो भन्दा छिटो सम्बिधान र गणतन्त्रलाई संस्थागत गर। जनताको समर्थन पाएका दलहरु संसारका कुनै पनि शक्तीसँग झुक्नु पर्दैन तर ति जनतालाई पनि उपेक्षा नगर। आफ्नो स्वार्थ पुर्तिका लागि आन्दोलन गर्ने, हडताल गर्ने, हर तरहले जनतालाई नै दु:ख दिने कार्य आजै देखी बन्द गर्नु पर्छ।
१० बर्ष सम्म चलेको गृहयुद्द लाई सहमतिले समाधान गर्यो, सहमतिले नै राजतन्त्रको अन्त्य गर्यो, सहमतिले नै देशमा धर्म निरपेक्षता कायम गर्यो, भने सहमति कै आधारमा किन संबिधान कार्यन्व्यन गर्न सकिदैन? जबसम्म राजनैतीक दलहरु स्वार्थ भन्दा माथि उठन सक्दैनन तब सम्म एक अर्का प्रती कटाक्ष गरिरहन्छन। अहिले को अवस्थामा सत्ता पक्ष र बिपक्ष आफ्ना आफ्न हठहरु त्यागेर सहमतिमा आउनु को अर्को कुनै बिकल्प छैन। आन्दोलन ले नत बिपक्षी हरुलाई फाईदा पुग्ने छ नत उनीहरुलाई जनताको साथ मिल्ने छ। अर्को तर्फ सत्तापक्ष ले पनि बढी लचिलो भयर बिपक्षी हरुलाई मनाउनु जरुरी छ कि उनिहरुलाई पनि संबिधान कार्यन्वयनमा साथ-साथै लिएर जानु पर्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा