सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा , १४ वैशाख। संघ र प्रदेशका व्यवस्थापिकाका प्रमुखहरूसहितको अन्तर व्यवस्थापिका अन्तरसंवाद आज पाल्पाको तानसेनमा हुँदैछ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले गरेको दुई दिने भेलामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका सभामुखहरू, उपसभामुखहरू र सचिवहरू सहभागी हुँदैछन् ।
प्रतिनिधिसभाका सभामुख घिमिरेसहित सबै प्रदेशबाट सभामुखहरूसहितको टोली पाल्पा पुगिसकेका छन् । भेलामा संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी रहेको लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।
भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन गर्दै भेला सम्पन्न हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा