सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ९ । शेरबहादुर देउवाले नेतृत्व गरेको अघिल्लो सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विदेश भ्रमण क्रममा एक करोड रुपैयाँ खर्च भएको पाइएको छ। यो खबर आजको नागरीक दैनिकले छापेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा तत्कालीन शिक्षा मन्त्री श्रेष्ठ, शिक्षा सचिवालयलगायत १० जनाले अस्ट्रेलिया र १९ जनाले हङकङ भ्रमण गर्दा ९९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ।
उनीहरुले सीप विकास परियोजनाबाट उक्त रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ। शिक्षा मन्त्रालयबाट महालेखा परीक्षकको कार्यालयमा बुझाइएको विरणमा भने उक्त भ्रमणको विवरण समावेश छैन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा