सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ४ । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । यो खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
उनका अनुसार स्थायी कमिटीको बैठकमा सबै सदस्यले अब एकता प्रक्रिया अघि बढिसकेकाले रोक्न नहुने धारणा राखेका थिए ।
तर, नेकपा माओवादी केन्द्रले अनुपातका लागि राखेको अडान सही नभएको निष्कर्ष एमालेको थियो ।
एमालेका एक नेताका अनुसार माओवादीले पचास प्रतिशत भन्नुका पछाडि केही गम्भीर षडयन्त्र हुन सक्ने आँकलन नेताहरुले गरेका छन् ।
भोलि पार्टी फुटाउनुपरेमा आवश्यक संख्या आफूसँगै राख्न चाहेको हुन सक्ने ठहर एमालेको थियो । त्यसका लागि माओवादीले भनेको ‘जनयुद्ध’ शब्द विधानमा राखेर जान एमाले लचिलो भए पनि अनुपातमा भने अडान कायमै रहेको ती नेताले जानकारी दिए ।
एमाले नेता भीम रावलले भने बैठकपछि मंगलबार बिहान बस्ने बैठकपछि ९ गते एकता हुने कि नहुने भन्ने टुंगो लाग्ने बताए । तर, नेम्वाङले ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा