सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ६ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन् । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले शनिबार यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्रियामा उनले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए । संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उनले उल्लेख गरे ।
संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए । उनले राष्ट्रियसभाको निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या घट्ने दाबी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकारमा ढिलाइ भएको बताए । नयाँ सरकारका लागि कानुनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा