सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २०। नेपाल सद्भावना पार्टीले नेपाल सरकारका पूर्वमन्त्री तथा पार्टीका पूर्वअध्यक्ष सरिता गिरीलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरेको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बुधबार बसेको पार्टीको बैठकले गिरीलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरेको पार्टीका अध्यक्ष रामकुमार महतोले जानकारी दिए ।
उनले भने,‘हिजो वैशाख १९ गते नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेका बसेका थियौं । बैठकबाट नेपाल सरकारका पूर्वमन्त्री तथा यस नेपाल सद्भावना पार्टीका पूर्वअध्यक्ष सरिता गिरीज्यूलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरियो ।’
साथै उनले पार्टीमा नेपाल सरकारका पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहा (पर्सा), नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष एवं नेपाल सरकारका पूर्वराज्यमन्त्री गोविन्द प्रसाद चौधरी (नवलपरासी) तथा नेपाल समाजवादी पार्टीका महासचिव सुरेन्द्र कुमार पटेल (नवलपरासी) उक्त पार्टीका केन्द्रीय सदस्यहरु पिताम्बर महतो, ओम थनेत (पूर्वी परासी), लगायत विभिन्न पार्टी प्रत्यागरी यस पार्टीमा प्रवेश गरेकोमा उनीहरुलाई स्वागत गर्ने पनि निर्णय गरेको जानकारी दिए ।
भिषण आगलागीका कारण कठिनाइको सामना गरिरहेका जनसमुदायहरुलाई यथाशीघ्र गाँस, बास, कपास लगायतको उचित क्षतिपूर्तिलगायत राहतको व्यवस्था मिलाउन सरकार, प्रदेश सरकार र स्थानीय निकायसँग माग गर्ने र भिषण आगलागीबाट पीडित जनताहरु पार्टीका नेता कार्यकर्ता उक्त स्थानमा आवश्यक राहत लगायतको सहयोगमा जुटन निर्देशन गर्ने निर्णय समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा