सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। यो खबर राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन्।
चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ।
चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने निगमले जनाएको छ। निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ।
‘वार्षिक साढे १ खर्ब रूपैयँ कारोबार गर्ने कम्पनीको चुक्ता पूजी करोडमा छ,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘यही क्रममा सर्वसाधारणका लागि ६ अर्ब बराबरको सेयर जारी गर्ने क्रममा छौ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा