सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, कार्तिक २१ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६६औं शाखा महोत्तरीको औरहीमा सञ्चालनमा ल्याएकोछ । एक कार्यक्रमका विच बैंकको उक्त शाखाको उदघाटना बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गनु भएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमहानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत श्री प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त शाखाका इन्चार्ज सन्दिप अधिकारीेले यस क्षेत्रमा कृषिकर्जा , पशुपालन, चियाखेती तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिनुभयो ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता श्री गणेशराज पोखरलले जानकारी गराउनु भयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा