सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मस्को, असोज १८ । सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा वस्दै आएका ३०४ जना विद्रोहीको विगत दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
हवाई आक्रमणमा आइतबार र सोमबार गरी ३०४ जनाको मृत्यु भएको छ भने १७० जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् ।कारबाहीमा आतङ्ककारीले प्रयोग गर्दै आएका आश्रयस्थल,थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएका विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा