सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, असोज १० । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन्। उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन्।
दाङको घोराहीमा सोमबार आयोजित नेकपा एमालेको कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्।
रेडियो नेपालको जागिर छोडेर केही महिना अगाडिदेखि राजनीतिमा लागेकी वलीले आउँदो निर्वाचनमा एमालेबाट सांसदको टिकट पाउने पक्का भएको स्रोतले बताएको छ। वलीले राजाको प्रत्यक्ष शासनकालमा तुलसीपवुरबाट मेयर बनेका आफ्ना दाई यामेन्द्र वलीलाई पनि एमालेमा सँगै लगेकी छन्।
नवप्रव्शीलाई पार्टीमा स्वागत गर्दै उपाध्यक्ष बामदेव गौतमले लराष्ट्रियता पक्षधर तथा प्रजातन्त्रको हमायती एमालेमात्र भएकाले सबैको विश्वास एमालेमा भएको बताए।
फागुनमा सम्पन्न राप्रपाको एकता महाधिवेसनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य जितेकी ओली पशुपतिसमशेर राणाले पार्टी फुटाएपछि द्विविधामा थिइन् । सँगै केन्द्रीय सदस्य जितेकी रेखा थापा राणासँग गएपछि ओली अलमलमा परेकी थिइन् । अन्नपूर्णपोष्ट दैनिकबाट
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा