• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

      सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्- ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

      गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने

      हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

      ‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध

      मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र

      प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

      मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन

      गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

      गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

      ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री जनरल वार्डमा, दीपकराजले व्यक्त गरे आभार

      म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

      सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

      सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

      विमानस्थलबाट नियन्त्रणमा लिइएका दुर्गा प्रसाईँ पक्राउ परेका होइनन् :प्रहरी प्रवक्ता

    होमपेज /  समाचार

    निजी विद्यालयका चार संगठनद्वारा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेजीको माग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २८, आईतबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • काठमाडौं । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।

    उनीहरूले उक्त व्यवस्था व्यवहारिक, न्यायोचित तथा संविधानको भावनाविपरीत रहेको भन्दै पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्युसन्स नेपाल (अपेन), हायर सेकेन्डरी स्कुल्स एसोसिएसन नेपाल (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले संयुक्त रूपमा आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

    संगठनहरूले निजी विद्यालयहरूले विगत चार दशकदेखि सरकारको सहयात्रीका रूपमा विद्यालय शिक्षाको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरेका छन् । उनीहरूका अनुसार केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार देशभर १० हजार ४७१ निजी विद्यालय सञ्चालनमा छन्, जहाँ करिब ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत छन् ।

    संयुक्त विज्ञप्तिअनुसार निजी शिक्षा क्षेत्रले वार्षिक करिब १९५ अर्ब रुपैयाँ बराबरको उत्पादन, १६० अर्ब रुपैयाँ मूल्य अभिवृद्धि, ७५ अर्ब रुपैयाँ तलब, ज्याला तथा सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । साथै ६०० अर्ब रुपैयाँभन्दा बढी स्थिर पूँजी लगानीमार्फत राष्ट्रिय अर्थतन्त्र, रोजगारी सिर्जना, दक्ष जनशक्ति उत्पादन तथा शैक्षिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइरहेको दाबी गरिएको छ ।

    संगठनहरूले विद्यार्थीबाट लिइने सम्पूर्ण शैक्षिक शुल्कमा ३ प्रतिशत समता शिक्षा सेवा शुल्क लगाउने निर्णयले अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने र शिक्षालाई महँगो बनाउने बताएका छन् । शिक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको अवस्थामा विद्यार्थीमाथि कर लगाउनु संविधानको भावना, समान अवसरको सिद्धान्त तथा शिक्षालाई सहज र सुलभ बनाउने राष्ट्रिय उद्देश्यसँग मेल नखाने उनीहरूको भनाइ छ ।

    उनीहरूले आफ्नै लगानीमा सन्तानको शिक्षा सुनिश्चित गरिरहेका अभिभावकलाई करको भार थप्नु न्यायोचित नहुने उल्लेख गर्दै यस्ता अभिभावकलाई दण्डित होइन, प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन् ।

    त्यसैगरी, सबै वर्गका विद्यार्थीको उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न बिना धितो सहुलियतपूर्ण ब्याजदरमा कम्तीमा १० लाख रुपैयाँसम्मको शैक्षिक ऋण उपलब्ध गराउन तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निजी क्षेत्रसँगको साझेदारीमा प्रभावकारी रूपमा विस्तार गर्न पनि माग गरिएको छ ।

    सार्वजनिक बिदा, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम, परीक्षा प्रणाली तथा विद्यालय सञ्चालनसँग सम्बन्धित नीतिगत निर्णय पर्याप्त अध्ययन, परामर्श र समन्वयपछि मात्र गर्नुपर्नेमा पनि संगठनहरूले जोड दिएका छन् । बारम्बार हुने नीतिगत परिवर्तनले विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालामा अन्योल सिर्जना गर्ने भएकाले यस्ता निर्णय कम्तीमा छ महिनाअघि सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।

    हालै जारी शिक्षा नियमावली (दशौँ संशोधन) का केही व्यवस्थाप्रति पनि निजी विद्यालयहरूले असन्तुष्टि जनाएका छन् । विद्यार्थीको अधिकार संरक्षणसँगै विद्यालय व्यवस्थापन, अनुशासन, शिक्षकको व्यावसायिक अधिकार, अभिभावक–विद्यालय सहकार्य तथा संस्थागत उत्तरदायित्वबीच सन्तुलन कायम हुने गरी नियमावलीका व्यवस्था पुनरावलोकन गर्नुपर्ने उनीहरूको धारणा छ ।

    यस्तै विद्यालय शिक्षा ऐन, शिक्षा नियमावली, राष्ट्रिय पाठ्यक्रम, वित्तीय नीति तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य नीतिगत निर्णय तर्जुमा, संशोधन र कार्यान्वयनका क्रममा निजी शिक्षा क्षेत्रका प्रतिनिधिमूलक संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

    पत्रकार सम्मेलनमा संगठनहरूले निजी शिक्षा क्षेत्र सरकारको प्रतिस्पर्धी नभई शिक्षा विकासको सहयात्री र रणनीतिक साझेदार भएको स्पष्ट पारे। संवाद, सहकार्य, पारस्परिक विश्वास र साझा उत्तरदायित्वका आधारमा नेपालको शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, प्रतिस्पर्धी र भविष्यमुखी बनाउन आफूहरू प्रतिबद्ध रहेको उनीहरूको भनाइ थियो ।

    संयुक्त विज्ञप्तिमा अपेनका अध्यक्ष कृष्णकुमार बोहरा, हिसानका अध्यक्ष युवराज शर्मा, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने तथा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र

    प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

    गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

    गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

    ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री जनरल वार्डमा, दीपकराजले व्यक्त गरे आभार

    सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्-…

    गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति,…

    हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार…

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार…

    मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान…

    क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५०…

    आर्थिक

    सुनको मूल्य सामान्य बढ्यो

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑