सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२८ असार, काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उनको शव तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका नेपालीको मृत्यु भएसँगै न्यायको माग गर्दै परिवार काठमाडौं आएका छन् ।
पीडित परिवार र सरकारबीच पटक–पटक वार्ता भए तापनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।
आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव तीन दिनदेखि उठ्न सकेको छैन । मुगुको सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय नेपालीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नेपालीले बिहीबार त्रिपुरेश्स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले आत्मदाह गरेको बताइएको छ । विवादको भिडियो फुटेज समेत बाहिरिएको छ । जहाँ महानगर प्रहरीसँग ह्वील लक लगाएको विषयमा विवाद भएको देखिन्छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा