• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

      विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

      स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

    होमपेज /  राजनीती

    राष्ट्रिय सभा समितिमा साइबर अपराध नियन्त्रण र विपद् तयारीबारे छलफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख १०, बिहिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७७ पटक पढिएको
  • काठमाडौं । बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा साइबर बुलिङ्गलगायत साइबर अपराध नियन्त्रणका लागि भइरहेका प्रयासहरू तथा वर्षायामको सुरुवातसँगै आगलागी, बाढीपहिरो, महामारी लगायत विपद्जन्य जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र पुनर्लाभ तयारीबारे छलफल गरिएको छ ।

    बैठकमा बोल्दै सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगरले विभिन्न खालका विपद्जन्य तालिमसहित गोताखोरसहित ४ हजार ५१३ जनाले तालिम प्राप्त गरी परिचालित रहेको जानकारी दिए ।

    उनले हेडक्वार्टरदेखि बाहिनी, शिक्षालय र बीओपीसम्म ‘विपद् डेडिकेटेड टिम’ गठन गरिएको भन्दै ८ हजार ११० जना सशस्त्र प्रहरी कर्मचारी

    परिचालित भएर काम गरिरहेको बताए । साथै नौं वटा विपद् व्यवस्थापन बेस स्थापना गरेर काम भइरहेको पनि उनले जानकारी दिए ।
    ‘विभिन्न खालका विपद्जन्य तालिमहरु गोताखोरसहित ४५१३ जनाले तालिमप्राप्त गरि परिचालित छ । त्यसमा हेडक्वाटरदेखि, बाहिनी, शिक्षालय विओपीसम्म हामीले विपद् डेडिकेटेट टिम भनेर गठन गरेका छौं । त्यसमा ८ हजार ११० जना स्वास्थ्य प्रहरी कर्मचारीहरु परिचालित भएर काम गरिरहेको स्थिति छ । नौं वटा विपद् व्यवस्थापन बेस भनेर स्थापना गरेर काम पनि गर्दैछौ,’ उनले भने ।

    ठाडामगरका अनुसार मौसमजन्य विपद्का लागि ६० स्थानमा अस्थायी विपद् बेस स्थापना गर्ने काम यसै महिनाभर भइरहेको छ । गत वर्षदेखि ‘विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरी विभिन्न वडामा विपद्को समयमा काम गर्ने जनशक्ति उत्पादन गरिँदै आएको उनले बताए ।

    उनले हरेक वडामा २५/२५ जनाको दरले ‘विपद् सूचक’ विकास गर्ने कार्यक्रम पनि सञ्चालन गरिएको बताए ।

    उनले भने, ‘मौसमजन्य विपद्को लागि विपद्जन्य अस्थायी बेसहरु ६० स्थानमा हामी अहिले यो महिनाभर स्थापना गर्ने चरणमा छौं, स्वास्थ्य प्रहरी वलले गत वर्षबाट नयाँ अवधारणा ल्याएर विपद् स्वयम्सेवक तालिम भनेर विभिन्न वडाहरुमा विपद्को समयमा काम गर्ने जनशक्ति उत्पादन गर्ने हिसावले तालिम सञ्चालन गरेको छ । गत सालबाट हरेक वडामा २५/२५ जनाको दरले विपद् सूचक भनेर विकास गराउने हिसावले त्यो कार्यक्रम सञ्चालन गरेका छौं ।’

    बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले साइबर अपराधका घटनामा कानुन बमोजिम कडा कारबाही हुने बताए ।

    उनले सांसद कृष्णप्रसाद अधिकारीले उठाएको विषय सन्दर्भमा कसैको समर्थन गरेवापत दुव्र्यवहार गरिने अभिव्यक्ति आएको भए त्यसमा कडा कारवाही हुनुपर्ने बताए ।

    कार्कीले पीडितहरूले निवेदन दिन सक्ने, जाहेरी आफैंले लेख्नुपर्ने भएपनि अरूको सहयोग लिन सकिने र प्रहरीले ट्र्याकिङसमेत गर्ने बताए ।

    उनले भने, ‘कसैको समर्थन गरे वापत कसैलाई दुर्व्यवहार गरिने अभिव्यक्ति भए भन्ने कुराको सन्दर्भमा कडा कारवाही हुनुपर्छ भन्ने कुरा छ । त्यहा कानुन बमोजिमको कारवाही हुन्छ त्यहाँ आफूलाई परेका विषयबस्तुहरु ल्याउदा केमा आकर्षित हुने हो ? साइबरमा आकर्षित हुने हो भने

    साइबरमा अरुमा आकर्षित हुन्छ भने अरु किसिमले हुन्छ । उहाँहरुले अहिले निवेदन पनि दिन सक्नुहुन्छ । जाहेरी त आफैले लेख्नुपर्ने हुन्छ भने अरुको मद्यत पनि लिनसक्नु हुन्छ । ट्र्याकिङ पनि हामी गर्छौं ।’

    उनले कानुन सबैका लागि बराबर हुने उल्लेख गर्दै अनुमानका आधारमा नभई वस्तुगत आधारमा बोल्नुपर्ने बताए । जाति, रंग वा उचाइका आधारमा कुनै विभेद नगर्ने र त्यहीअनुसार प्रशिक्षणसमेत भइरहेको उनको भनाइ थियो ।

    समितिकी सभापति जयन्ती देवी राईले सामाजिक सञ्जाल नेपालमा दर्ता नभएकाले पीडितहरूले न्याय पाउन कठिन भएको बताइन् ।
    उनले समयअनुसार कानुन परिमार्जन हुन नसकेको भन्दै अहिले पनि पूराना कानुनकै भरमा काम गर्नुपरेको उल्लेख गरिन्।

    उनले भने, ‘सामाजिक सञ्जाल नेपालमा दर्ता नगरे पीडितहरुले न्याय पाउन गाह्रो भएको छ । हामी समयभन्दा पछि पर्यौ, कानुन वेगर केहीपनि गर्न सक्दैनौं । हामी ५० वर्ष पुरानो विधेयक चलाइरहेका छौ । सामाजिक सञ्जाल विधेयक त झन पूरानो छ । एआइ विधेयक पनि आउन बाँकी छ ।’

    राईले सामाजिक सञ्जालसम्बन्धी विधेयक, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कानुन तथा विद्युतीय कारोबार ऐन २०६३ लाई समय सापेक्ष बनाउन आवश्यक रहेको बताइन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

    प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

    रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

    रास्वापाले स्वच्छ प्रतिस्पर्धा नै गर्यो, राती १२ बजेवाट मतदान सुरु

    रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

    ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए…

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र…

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑