सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बिस्का जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडे मा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ।
यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएर यस अनौठो सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन्। हरेक वर्ष वैशाख २ गते मनाइने यो जात्रा भक्तपुर क्षेत्रको महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा परिचित छ।
जिब्रो छेड्ने जात्रा धार्मिक आस्था, साहस र परम्पराको प्रतीक मानिन्छ। सहभागीले बिना रक्तस्राव जिब्रो छेड्ने विश्वास रहिआएको यस परम्पराले स्थानीय समुदायमा गहिरो धार्मिक आस्था र एकता झल्काउने गरेको छ।





















काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा