सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट आवासीय भवन (अपार्टमेन्ट)मा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहानसम्ममा आगो धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । निभाउने कार्य अझै जारी छ।
जलेका भवनहरूबाट धुवाँ निस्किरहेको छ । जहाँ केही कोठाहरूमा अझै पनि आगो देख्न सकिन्छ । बुधबार दिउँसो लागेको आगलागीमा अहिलेसम्ममा ५५ जनाको मृत्यु भएको छे भने ६८ जना घाइते भएको पुष्टि भइसकेको छ । जसमध्ये १६ जनाको अवस्था नाजुक रहेको छ ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको अग्नि सेवा विभागका अनुसार आगो निभाउने काम बिहीबार साँझसम्म चल्ने अपेक्षा गरिएको छ।
आगो नियन्त्रण र उद्धार, घाइतेहरूको उपचार र राहत कार्यलाई व्यापक बनाइएको छ । अग्नि नियन्त्रक, चिकित्सा सेवा र नागरिक सहायता सेवा लगायत विभिन्न विभागहरुले समन्वय गरेर काम गरिरहेका छन् ।
हालसम्म, ताई पोमा आठ अस्थायी आश्रयहरू स्थापना गरिएको छ। आगलागीबाट प्रभावित बासिन्दाहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्न लगभग २०० जनालाई परिचालन गरिएको छ।
आगो यति तीव्र रूपमा फैलिनुको मुख्य कारण भवन मर्मतका क्रममा प्रयोग गरिएका प्रज्ज्वलनशील सामग्रीहरू रहेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको स्थानीय अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेका छन्।(सीसीटीभीप्लस)
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा