सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। पार्टीको प्रचलनअनुसार उनले आफ्नो राजीनामा बागमती प्रदेश समितिमा बुझाएका हुन्।
यद्यपि विष्टले पार्टी नछाडेको जनाउँदै व्यक्तिगत व्यस्तता तथा समय अभावका कारण जिल्ला सभापतिबाट मात्र राजीनामा दिएको स्पष्ट पारे। उनले भने, “पार्टी छोडेको छैन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको हुँ।”
राजीनामाअघि उनले आइतबार जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए। सो बैठकमा सहभागी सदस्यहरूले उनलाई राजीनामा नदिन दबाब दिए पनि धेरै सोचविचारपछि पद त्याग्नु उपयुक्त लागेको विष्टले बताए।
२०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा गठन भएको रास्वपामा पछिल्लो समय आन्तरिक कलह र असन्तुष्टि बढ्दै गएको छ। पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक एवं शीर्षस्तरीय नेताहरू एकपछि अर्को गर्दै पार्टी त्यागिरहेका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले सभापति लामिछानेमाथि ‘जेलबाटै पार्टी चलाउन खोजेको’ आरोप लगाउँदै पार्टी छाडेकी थिइन्। त्यसपछि केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, हरि भट्ट, तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पनि राजीनामा दिए।
त्यस्तै, पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीमा पुनःस्थापना गर्नुपर्ने माग राख्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि केही दिनअघि पार्टी परित्याग गरेका छन्।
पार्टीभित्र निरन्तर जारी राजीनामाले रास्वपाको आन्तरिक स्थिरता, नेतृत्व–व्यवस्थापन र भावी रणनीतिमा पुनः प्रश्न उठेको विश्लेषकहरूको टिप्पणी छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा