सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित होटल सर्बिनासँग सेवा–शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले होटलको अकोमोडेसन, फुड र बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणित गर्ने कागजात पेस गरेपछि यो सुविधा सहजै पाउनेछन्। यस सम्झौताबाट बैंकसँग आबद्ध सबै ग्राहक तथा कर्मचारीहरूले विशेष लाभ उठाउने विश्वास बैंकले व्यक्त गरेको छ।
सम्झौतामा बैंकतर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र होटल सर्बिनाका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा