सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नबिल बैंक लिमिटेडको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंबीच सूचीकरण सम्झौतामा हस्ताक्षर गरिएको हो।
आठ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर रहनेछ। प्रति इकाइ रु. १,००० अंकित मूल्यका दरले ३० लाख कित्ता जारी गरिएका यी ऋणपत्रको कुल मूल्य रु. ३ अर्ब बराबर रहेको बैंकले जनाएको छ। उक्त ऋणपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो।
ऋणपत्रको रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
नबिल बैंकले हाल देशभरका २६८ शाखा र ३२१ एटिएम मार्फत सेवा दिँदै आएको छ। करिब २५ लाखभन्दा बढी ग्राहक सेवाग्राही रहेको बैंकले चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि र सेवाको सुरुवात गर्दै अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा