सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन्।
आईजीपीको सचिवालयका अनुसार रानाभाटले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्। हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। लामो समयको सेवाकालमा उनले महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा विभिन्न जिल्लामा जिम्मेवारी सम्हालेका थिए।
गत साउनमा ११ जना प्रहरी अधिकृतहरूलाई एसपीबाट एसएसपीमा बढुवा गर्ने निर्णय हुँदा रानाभाट पनि बढुवा भएका थिए। बढुवा पछि उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा जिम्मेवारी दिइएको थियो।
स्रोतका अनुसार उनका परिवारका सबै सदस्य हाल लण्डनमा बसोबास गर्दै आएका छन्। परिवारसँग बस्ने इच्छाका कारण उनले राजीनामा दिने निर्णय गरेका हुन्। राजीनामापछि उनले निकट भविष्यमै परिवारसँगै बस्न युके प्रस्थान गर्ने योजना बनाएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा