सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्दैछ ।
भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गर्दैछन् । त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा